त्रिशूली बस दुर्घटना अपडेटः बसमा सवार यात्रुको पहिचान खुल्यो

 

साउन २४, धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका –३ सलाङघाटस्थित त्रिशूली नदीमा बस दुर्घटनामा पर्ने यात्रुहरुको नामावली सार्वजनिक गरिएको छ । 

शुक्रबार बिहान साढे ३ बजेको समयमा सर्लाहीको मलङगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ७४६९ नम्बर सृष्टि डिलक्स यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा चार जनाको मत्यु भएको थियो भने मृतक चार मध्ये एक जनाको पहिचना हुन बाँकी रहेको प्रहरीले जनाएकाे छ । 

null

प्रहरीका अनुसार यस दुर्घटनामा परी मृत्यु हुनेमा ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार, भतिजा सौरव रौनियार रहेका छन् 

 दुर्घटनामा उद्धारको लागि खटिएका नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली ले १६ जना यात्रुको जिवित उद्धार गर्न सफल भएका छन् । 

बस चालक लक्ष्मण जमरकट्टेल, सहचालक प्रमोद चौधरी, कन्डक्टर ऋषि उप्रेती बसमा सवार रहेको यस बसमार यात्रुहरुमा विष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष राय दुई जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रवि कुमार तीन जना, भारत मुज्जफरपुरका आशिष कुमार दुई जना, मलङ्गवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दास तीन जना, ब्रहम्पुुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियार चार जना, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह (वकिल), अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलङ्गवा गणेशियाका भाग्यनारायण महतो तीन जना, भारतका लरकवाका रामबाबु यादव तीन जना, भारतका कुवारीका अजय ठाकुर दुई जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी, अमित लामा, भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *