१० वर्षिय बालिकाको बलात्कार गर्न खोज्ने पक्राउ

 

साउन १८, कपिलबस्तु । चन्द्रौटामा १० वर्षिय बालिकालाई प्रलोभनमा पारी बलात्कार गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटाका तुल्सीराम पाण्डेय रहेको प्रहरीले जनएको छ । 

null

बालिकालाई पाण्डेयले ललाइफकाई चन्द्रौटास्थित फफुरी स्कुलको पछाडि रहेको झाडीमा लगेर बलात्कारको प्रयास गर्न खोज्दा बालिका उनको पञ्जाबाट उम्कन सफल भएका थिए ।  

पाण्डेयको पञ्जाबाट उम्कन सफल बालिकाले प्रहरी समक्ष उनको पोल खुलाएपछी उनी पक्रन सफल भएको प्रहरीले जनाएकाे छ। 

प्रहरीका अनुसार  हाल पक्राउ परेका पाण्डेयमाथी कारवाहीको लागि अघी बढाई थप अनुसन्धान भईरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *