आठौँ एशियाली युथ च्याम्पियनशिप ह्याण्डबल प्रतियोगितामा नेपाल पहिलोपटक सहभागी हुँदै
भदौ ३, काठमाडौँ । भारतको जयपुरमा आयोजना गरिएको आठौँ एशियाली युथ च्याम्पियनशिप ह्याण्डबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदै छ । प्रतियोगितामा नेपालले पनि सहभागिता रहने छ
उक्त प्रतियोगितामा सहभागी हुने नेपाली टोलीका खेलाडी तथा प्रशिक्षक नेपाली महिला टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । पन्ध्र वर्षदेखि १८ वर्षमुनिका खेलाडी सहभागी सो युथ च्याम्पियनशिपमा नेपाली टोलीको कप्तानी मोनिका थापाले गरेकी छिन् । १० देशका खेलाडीले प्रीतस्पर्धा गर्ने उक्त प्रतियोगितामा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो ।
टोलीमा १६ खेलाडी, टिम व्यवस्थापक र प्रशिक्षकसहित २० जना रहेका छन् । नेपालले भदौ ४ गते चीनसँग, ५ गते भारतसँग, ६ गते कजाकस्तान र भदौ ७ गते मङ्गोलियासँग प्रतिष्पर्धा गर्ने टिम व्यवस्थापक शान्ति थापाले जानकारी दिए । टोलीले दुई साता पोखरामा अभ्यास गरेको थियो ।
null