त्रिशूली बस दुर्घटना अपडेटः ५ जनाको शव नदीबाट निकालियो २४ अझै बेपत्ता

 

साउन २४,दाङ । सर्लाहीको मलङगवाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा दुर्घटना हुँदा मृत्यु हुने ५ जनाको शव नदीबाट निकालिएको छ । 

यस दुर्घटनामा १६ जना यात्रुको सकुशल उद्धार गरिएता पनि २४ जना अझै सम्पर्क बिहिन रहेको प्रहरीले जानकारी दिएको छ । 

null

प्रहरीका अनुसार सम्पर्क बिहिन भएका व्यक्तिहरुको खोजीकार्य जारी रहेको र बसलाई क्रेन प्रयोग गरी नदीबाट निकालिएको छ । 

४५ यात्रु बोकेको उक्त बस शुक्रबार बिहान ३ः३० बजेकाे समयमा त्रिशूली नदीमा खसेर दुर्घटना भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *