रविसहित तीनै जनालाई म्याद थप्ने तयारी, रविका समर्थकको नारावाजीसहित जुलुस

साउन ३१, चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेसहित तीनै जनालाई म्याद थपका लागि जिल्ला अदालत चितवन लाने तयारी भइरहेको छ ।1 

बिहीबार साँझ काठमाडौँबाट पक्राउ गरेर राति १ बजे चितवन जिल्ला प्रहरी कार्यालय चितवन भरतपुर पुर्याइएका रवि लामिछाने, युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता भन्ने रुकु कार्कीलाई अनुसन्धानका लागि म्याद थप गर्ने प्रहरीको तयारी छ । 

अहिले लामिछानेसहित तीनै जानालाई जिल्ला प्रहरीकार्यालयमा राखिएको छ । उनीहरुलाई रविलामिछानेकी पत्नी निकिता पौडेल र अधिवक्ता सुनिल पोख्रेलले भेट गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवन भरतपुर परिसरमा रविका समर्थकहरुको भीड लागेको छ । उनीहरु रविलाई विना सर्त रिहाई गर्नु पर्ने माग गर्दै नाराबाजी लगाइरहेका छन् । रवीका समर्थकहरुको भीड बढेसँगै सुरक्षा व्यवस्थामा थप कडाई गरिएको छ । अहिले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । तस्बिरः ध्रुवराज खनाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *