पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने पक्राउ

  

काठमाडौं, ३० साउन । सञ्चारकर्मी रवि लामिछाने पक्राउ परेका छन् । उनीसँगै अर्का सञ्चारकर्मी युवराज कँडेललाई समेत पक्राउ गरीएको छ । लामिछाने र कँडेललाई प्रहरीले न्यूज २४ टेलिभिजन कार्यालयबाटै पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ उनीहरुलाई पक्राउ गरेको छ । 

उनीहरुलाई पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछाने र कँडेललाई पक्राउ गरेको हो । आत्महत्या गरेका पत्रकार पुडासैनीले आफुलाई कार्यक्रम सिधा कुरा जनतासँगका कार्यक्रम प्रस्तोता रवि लामिछाने तथा टेलिभिजनका युवराज कँडेल, उनकी प्रेमिका भनेर परिचित अस्मिता कार्की समेतले विभिन्न सड्यन्त्र गरेर फसाएको र आत्महत्या गर्न बाध्य तुल्याएको भिडियो रेकर्ड गरेका थिए । 

null

आत्महत्या गर्नुपूर्व रेकर्ड गरिएको भिडियोमा सालिकरामले लामिछानेले ठूल्ठूला उद्योगी ब्यापारीलाई समेत वार्गेनिङ गरेर करोडौं कमाएको दावि समेत गर्दै त्यसको रेकर्ड आफुसँग रहेको बताएका थिए । प्रहरीले आजै यस अघि नै अस्मिता कार्कीलाई समेत पक्राउ गरीसकेको छ ।  

चितवनको एक होटलमा मृत भेटिएका पूर्वसहकर्मी पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको हो । 

गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए । 

पुडासैनीको सोही भिडियो वयानका आधारमा प्रहरीले रवि लामिछाने र युवराज कँडेललाई समातेको हो । लामिछाने, कँडेल र कार्की आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका हुन् । साउन २२ गते दिउँसो ३ः ३० बजे होटलको २०२ नम्बर कोठामा गएका उनलाई होटलवालाले राति खान खान बोलाउँदा चुकुल नखोलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी मृत भेटिएका थिए । 

रवि लामिछानेलाई पक्राउ गर्नुअघि प्रहरीले पुडासैनीको भिडियो प्रहरी प्रधान कार्यालयमा मगाएर परीक्षण गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *