हवाई कारबाहीमा बीसकाे मृत्यु

भाद्र ५, अफगानिस्तान ।  अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २० जना तालिबानको ज्यान गएको  छ ।  

अफगानिस्तानको हवाई सैन्य बलले सो कारबाही गरेकोे अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको जानकारी दिइएको छ । त्यस क्षेत्रमा तालिबानको बस्ती रहेको सूचनाका आधारमा ती तालिबानमाथि हमला भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

उक्त क्षेत्रमा रहेको तालिबानहरुको आश्रयस्थलका साथै उनीहरुका अन्य आवश्यक सामग्रीहरु पनि सो कारबाहीका क्रममा नष्ट गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।  

Image result for हवाई कारबाही

अफगानिस्तानका ३४ प्रान्तमध्ये बाल्ख पनि तालिबानहरुको सबैभन्दा धेरै तालिबानहरुको प्रभाव रहेको क्षेत्रमा पर्ने गर्दछ । त्यसैले सो क्षेत्रमा अफगान सेनाले बारम्बार सैन्य कारबाही गर्ने गरेको छ । सिन्ह्वा 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *