१८ करोड हिनामिना गरेको आरोपमा बैंक म्यानेजर पक्राउ

भदौ ४, दाङ । १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा दाङबाट एक जना बैंक म्यानेजर पक्राउ परेका छन् ।देवः विकास बैंक शाखा कार्यालय नारायणपुरका बैंक म्यानेजर शमिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।   

लमहीमा लुकिछिपी बस्दै आएको भन्ने सूचनाको आधारमा प्रहरीले दाङको लमहीबाट मंगलबार राति पक्राउ गरेको हो । दाङको घोराही उपमहानगरपालिका–१५ स्थायी घर भएका बुढाथोकी विरुद्ध जाहेरी परेको २४ घन्टाभित्र उनलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए । 

पक्राउ परेका बुढोथोकीलाई बुधबार (आजै) उच्च दालत तुलसीपुरको बाणिज्य इजलाश नेपालगंजमा पउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *