निर्माण सामग्री भर्ने क्रममा करेन्ट लागेर सहचालकको मृत्यु

 

साउन ३०, नुवाकोट ।  नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्माण सामग्री भर्ने क्रममा आज करेन्ट लागेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–२ का बिक्रम थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उक्त कार्यालयका प्रमुख अभिनारायण काफ्लेका अनुसार शान्तिबजारस्थित हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सनको क्रसर उद्योगमा टिपरको ढाला खोलेर बालुवा भर्ने क्रममा करेन्ट लागेर १९ वर्षका थिङ सख्त घाइते भएका थिए । 

null

उनलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो बा ४ ख ८७१८ नंको टिपरका सहचालक रहेका उनको मृत्यु भएपछि उक्त गाडीका चालक विष्णुबहादुर थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्णुबहादुर सहचालकका काका हुन् । रासस 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *