छायाँ सरकारका गृहमन्त्रीले भेटे चितवन एसपी र रवि लामिछानेलाई

साउन ३२, चितवन । पत्रकार शालिकराम पुडासैनी हत्याकाण्डमा नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद वडुले चितवनका एसपीसँग भेट गरेका छन् ।   

कांग्रेस नेता तथा छाँया सरकारका गृहमन्त्री समेत रहेका बडुले चितवनका एसपी र सिडियो भेटेर निष्पक्ष छानविन गर्न आग्रह गरेका छन् ।   

भेटपछि नेता बडुले पूर्वाग्रह नराखी छानविन गर्न माग गरे । उनले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका रवि लामिछानेलाई समेत भेट गरेका छन् । रबिले पनि निश्पक्ष छानबिनमा सघाउन तयार रहेको बताएको उनले जानकारी दिए । 

शुक्रवार जिल्ला अदालत चितवनले लामिछानेका साथै युवराज कँडेल र अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो ।   

प्रहरीले १० दिनको म्याद मागेपनि जिल्ला अदालत चितवनका विनोदकुमार गौतमको इजलासले बिहीवारको मितिबाट थप पाँच दिन अनुसन्धानको थुनामा राख्न अनुमति दिएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *