समय अगावै विमानस्थल सम्पन्न भए चिनियाँ ठेकेदारलाई रथयात्रा गर्ने

भाद्र ११, पोखरा । नागरिक उड्डयन, संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छ्न् । 

पूर्वमन्त्री रवीन्द्र अधिकारीको पद सम्हालेका मन्त्री  भट्टराईले  विमानस्थलको पछिल्लो भौतिक प्रगतिबारे पनि उनले जानकारी लिएका छन् । 

दौरा– सुरुवाल लगाएर  ‘सपथ’ ग्रहण गरेका   भट्टराई  बुधबार पोखरामा निर्माणाधीन विमानस्थलको निरीक्षण गर्न पुग्दा भिन्न पोषाकमा देखिएका थिए ।  उनी सपथ प्रहण लिएको ठ्याक्कै २८ दिनपछि  पोखरा विमानस्थलको निरीक्षण गर्न पुगेका हुन् ।   

उनलाई  विमानस्थल आयोजना प्रमुख विनेस मुनकर्मीले हालसम्म ४५ प्रतिशत भौतिक संरचना लगायतको काम सम्पन्न भएको र जग्गा अधिग्रहणको विषय ९५ प्रतिशत सम्पन्न भइसकेको र बाँकीको लागि प्रक्रिया अघि बढाइएको जानकारी दिएका थिए । मुनकर्मीले निर्माणाधीन विमानस्थलकाे कार्य ताेकिएकाे समय भन्दा छ महिना अघी नै सक्ने बताए ।  

मुनकर्मीले २ हजार ५ सय मिटर लम्बाई, ४५ मिटर चौडाइ भएको ‘रन वे’ को सिमेन्टेड ढलान ३४ सेन्टिमिटरको रहेको मन्त्री भट्टराईलाई  जानकारी गराएका छन् । 

मुनाकर्मीले तोकिएको भन्दा ६ महिनाअघि काम सक्ने जानकारी गराएपछी मन्त्री भट्राईले निर्माण अघी नै कार्य सम्पन्न भए यस विमानस्थलको ठेक्का लिएका चिनियाँ ठेकेदार लाई सम्मानको साथ रथमा राखेर रथयात्रा नै गराउने उद्घोष समेत गरे । 

उनले भने ‘घर परिवार छोडेर महिनौँदेखि हाम्रो विकासका लागि खटिनु भएको छ,’ उनले भने, ‘म पोखरा महानगरलाई पनि आग्रह गर्छु । चिनियाँ कम्पनीले समय अगावै विमानस्थलको काम सके पछि रथमा राखेर पोखरा परिक्रमा गराउनुपर्छ ।’ 

विमानस्थल सन् २०२१ को जुन १० तारिखमा सक्ने गरी ठेक्का सम्झौता भएको हाे । झण्डै २२ अर्ब चिनियाँ ऋण सहयोगमा निर्माणाधीन विमानस्थलको काम यहिस्तरमा भइरहे सम्झौता समयको ६ महिना अगावै निर्माण सम्पन्न हुने आयोजना पक्षले मन्त्री समक्ष जानकारी दिएको हो ।   

विमानस्थलमा बन्ने १४ हजार स्क्वायर मिटरको टर्मिनल भवन बन्न लागेको हो। अन्तर्राष्ट्रिय टर्मिनल भवनका लागि ८ हजार र डोमेस्टिक उडान प्रयोजनको लागि ६ हजार स्क्वायर गरी वार्षिक ५ लाख यात्रु क्षमतासहित टर्मिनल भवन निर्माण हुने छ । 

नेपाल र चीनबीच ८ वटा हवाई रुट प्रयोग गर्ने र हप्तामा ९८ वटासम्म उडान एक अर्को देशमा गर्न पाउने सहमतिका साथै पोखरा र गौतमबुद्ध विमानस्थलमा मात्रै हप्तामा २१ वटासम्म उडानको सम्झौतापछि पोखराबाट चीन उडानको बाटो खुलेको हो। 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *