अध्यापन अनुमतिपत्रको आवेदन फारम फेरी सच्याउन अवसर पाइने

भाद्र ८ काठमाडौँ । शिक्षकसेवा आयोगले अध्यापन अनुमतिपत्रको आवेदन फारम सच्याउनका लागि अवसर दिएको छ । आयोगले पहिलोपटक अनलाइनका माध्यमबाट आवेदन फारम भर्न पाउने सुविधा प्रदान गरेको थियो । गत असार मसान्तसम्म आवेदकहरूले आवेदन भरेका थिए । 

भरिएकामध्ये करिब साढे दुई हजार आवेदन गलत रूपमा भरिएको पाइएपछि भदौ २१ गतेसम्म सो सच्याउन सकिने सुविधा दिएको छ । आयोगका सूचना अधिकारी दामोदर आचार्यले आवेदकहरूले साइबरबाट फाराम भरेको र त्यसरी भर्दा विवरण गल्ती गरेकाले उनीहरूलाई सच्याउने अवसर दिइएको बताएका छन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *