पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लुट, कमिसनमा करोडौँको सामान खरिद !


साउन २४, काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विना टेण्डर कमिसनमा आफूखुशी करोडौँको सामान खरिद गरिएको खुलासा भएको छ ।
अस्पतालमा टेण्डर आह्वान नगरी कम्पनीसँग कमिसनको डिल गरेर सामान खरिद गरेको भन्दै अख्तियारमा उजुरी परेपछि यसको रहस्य बाहिरिएको हो ।
null
प्रतिष्ठानका रजिष्टार डा. पारस कुमार आचार्य पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्मा एवम् अस्पतालका लेखा अधिकृतको मिलेमतोमा आफूखुशी सामान खरिद गरेको भन्दै अख्तियारमा उजुरी परेको हो ।
निक साइमन्सले उपकरणहरू डोनेसनमा दिएको भएतापनि सामान किन्ने र कम्पनी छनोट गर्ने सबै काम भने अस्पतालले नै गरेको छ । कुन सामान कहाँ किन्ने भन्ने अस्पतालले निर्णय गरी रकम मात्र डाइरेक्ट निक साइमन्सले तिर्ने गरेको अवस्थामा सम्पूर्ण कागजात अस्पतालले तयार गरेर होटलमा बसेर अस्पतालले ठुलो कमिसन राखेर कम्पनीसँग कमिसनको डिल भएको स्रोतको दाबी छ ।
डोनेसनको सामान लिनका लागि स्वास्थ्य मन्त्रालयबाट स्विकृति लिनुपर्ने हुन्छ तर अस्पतालले यसका लागि कुनै स्वीकृति नलिएको उजुरी पत्रमा उल्लेख छ ।
अस्पतालले अहिले जीई हेल्थ केयर, हस्पिटेक इन्टरप्राइजेज, बायोमेड इन्टरनेसनल, ग्लोबल मेडिलिंक जस्ता कम्पनीबाट सामान खरिद गरिरहेको छ । दुई महिना यता आईसीयू बेड, भेन्टिलेटर, इमरजेन्सी बेड, रिट्रेक्टर लगायतका झण्डैँ ५० करोड बराबरको सामान अस्पतालमा भित्रिसकेको छ । सामान खरिदका लागि कागजात मिलाउन अस्पतालका केही स्टाफको समेत संलग्नता रहेको बताइएको छ ।
