आज अन्तर्राष्ट्रिय युवा दिवसः ‘नेपाल युवा उद्यमशीलता सम्मेलन’ हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने, प्रचण्डले समापन

साउन २७, काठमाडौँ । आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाईँदै छ । ‘शिक्षामा रुपान्तरण’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘शिक्षामा रुपान्तरणः उद्यमशिलता र नवप्रवर्तन’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस दिवस मनाईँदै छ । 

नेपालमा युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि नेपालमा युवा दिवस मनाउन थालिएको भए पनि पछिल्लो समयमा आएर सरकारकातर्फबाट पनि यो दिवस मनाउन थलिएको छ । 

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार र मंगलबार प्रदेश नम्वर ३ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय युवा परिषद्, र विशाल मिडिया ग्रुपले संयुक्त रुपमा ‘नेपाल युवा उद्यमशीलता सम्मेलन–२०१९’ को आयोजना गरेको छ । 

null

युवालाई उद्यमशीलतातर्फ आकर्षित गराउने उद्देश्यले ठमाडौँमा आयोजना हुने सम्मेलनमा देशभरका उद्यमशील सोच राख्ने युवाको सहभागितामा युवा उद्यमशीलता सम्मेलन हुने बताइएको छ ।सम्मेलनमा देशभरबाट आवेदन दिएका ११०५ जनामध्ये छनौट भएका ५०० युवाहरु र ४० भन्दा बढी वक्ताले युवा उद्यमशीलताका बारेमा आ–आफ्नो विचार राख्ने बताइएको छ । 

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समापन गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *