मेस्सी, राेनाल्डाे र भान डाइक मध्ये कसले जित्ला यूईएफए अवार्ड ?

भाद्र १२, एजेन्सी । युएइफए च्याम्पियन्स लिगकाे वर्षकाे उत्कृष्ठ खेलाडी अहिले केहि बेरमा सार्वजनिक हुँदैछ । यसपटककाे उत्कृष्ठ खेलाडीकाे शिर्ष ३ मा सुपरस्टार खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीसँगै लिभरपुलका डिफेन्डर भर्जील भान डाइक परेका छन् । अवार्ड अहिले राती ९:३० बजे सुरु हुने च्याम्पियन्स लिग ड्र मा प्रदान गरिनेछ । 

यूईएफएले सार्वजनिक गरेको सुचिमा युभेन्टसका रोनाल्डो र बार्सिलोनाका मेस्सीसँगै डिफेन्डर भान डाइक पनि परेका हुन् । सन् २०११ देखि सुरु भएको यस अवार्डमा रोनाल्डोले सबै सिजनको मनोनयनमा स्थान बनाउँदै ३ पटक उपाधि जितेका छन् । मेस्सीले भने सन् २०११ र २०१५ मा यस उपाधि जितेका थिए । गत सिजन लुका मोड्रीचले यो अवार्ड जितेका थिए । २९ अगस्टमा प्रदान गरिने अवार्डमा भान डाइक पहिलो पटक मनोनयनमा परेका हुन् । 

२७ वर्षे भान डाइन सन् २०१८ मा ७५ मिलियन पाउन्डमा लिभरपुल भित्रिएका थिए । गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउनमा भान डाइकको ठूलो भुमिका रहेको थियो । सिजन अवधिभर भान डाइनले २१ क्लिन सिट राख्न समेत मद्दत गरेका थिए । उनको प्रदर्शन स्वरुप उनले पिएफएको उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए । यस पटककाे अवार्डका मुख्य दावेदार भान डाइकलाइ लिएइकाे छ । उनी पछि बार्सिलाेनामा स्टार खेलाडी लियाेनल मेस्सी छन् । युभेन्टसका राेनाल्डाे तेस्राे नंम्बरमा छन् । 

Image may contain: drink

शीर्ष १० मा पर्न सफल अन्य खेलाडी: 

एलिसन बेकर – ५७ अंक 

साडियो माने – ५१ अंक 

मोहमद सलाह – ४९ अंक 

इडेन हाजार्ड – ३८ अंक 

म्याथिस डे लिग्ट – २७ अंक 

फ्रानकी डे जोङ – २७ अंक 

रहिम स्टरलिङ – १२ अंक 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 14 =