एन आई सी एशिया बैंककोे नयाँ विस्तारित काउण्टर कञ्चनपुर भन्सार कार्यालयमा
भाद्र २, काठमाडौं । एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि विस्तारित काउण्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ ।
यसै क्रममा कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ११ गड्डाचौकि स्थित कञ्चनपुर भन्सार कार्यालयको विस्तारित काउण्टर आजबाट सञ्चालनमा आएको छ ।
बैंकले सञ्चालनमा ल्याएको यस विस्तारित काउण्टरको उद्घाटन कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले गरेका थिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे, नेपाल सरकार भन्सार विभागका निर्देशक शिशिर घिमिरे, कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भिम प्रसाद अधिकारी, कैलाली भन्सार कार्यालय प्रमुख ईश्वरी अर्याल र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्ल लगायतको उपस्थिती रहेको थियो ।
null
उक्त उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीसुशिल वैद्यले विस्तारित काउण्टर सञ्चालनले नेपाल भारत सीमामा रहेको कञ्चनपुर भन्सार कार्यालयबाट दैनिक रुपमा हुने आयात निर्यातसँग सम्बन्धित कारोबारका लागि बैंकबाट छिटो छरितो तथा पारदर्शी रुपमा सेवा प्राप्त गर्न सक्ने विश्वास लिएको बताए ।
नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयहरुमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने उद्देश्यमा सहकार्य गर्दै बैंकले भन्सार कार्यालय, आन्तरिक राजश्व कार्यालय लगायत राजश्व संकलन हुने अन्य कार्यालयहरुमा विस्तारित काउन्टर खोली आफ्नो सेवा प्रदान गर्दै आइरहेको र भविष्यमा यस्ता सुविधाहरु अझै थप गर्दै लैजाने विश्वास बैंकले लिएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप एक्सटेन्सन काउण्टर सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।