हेलिकप्टर र विमान एक आपसमा ठोक्किँदा सातको मृत्यु

भाद्र ९, स्पेन । स्पेनको पर्यटकीय टापु मल्लोर्काको आकासमा हेलिकप्टर र एउटा विमान जुधेका छन् । दुर्घटनामा दुई बालबालिकासहित सातको मृत्यु भएको छ । 

दुरघटना इन्का सहरको केन्द्रभागको आकाशमा भएको थियो । क्षेत्रीय बलेरिक सरकारले ट्वीटरमार्फत यसको जानकारी दिएको छ । 

ब्रिटिस सञ्चारमाध्यम गार्जियनका अनुसार दुर्घटनाको समयमा विमानमा दुई जना र हेलिकप्टरमा पाँच जना सवार थिए । दुरघटनामा ती सबैको ज्यान गएको छ । 

स्थानीय प्रहरी प्रवक्ताले सञ्चारकर्मीलाई बताए अनुसार हेलिकप्टरमा सवार चार जना एउटै परिवारका अभिभावक र तिनका दुई बालबालिका थिए । 

हेलिकप्टर जर्मनीमा दर्ता भए पनि त्यसमा सवार यात्रु कुन देशका भन्ने खुलेको छैन । पीडितको राष्ट्रियबारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएका छ । आकाशमा ठक्कर खाएपछि दुई यान मैदानमा खसेका थिए । 

मल्लोर्का र अन्य बलेरिया टापुहरु पर्यटकीय गन्तव्य हुन् । ती क्षेत्रमा विशेषत गर्मी महिनामा स्पेनभित्रै र विदेशबाट ठूलो संख्यामा पर्यटकको आउने गर्छन् । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेसले पीडित परिवार प्रति सम्वेदना व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै ‘मल्लोर्का घटनाको समाचारलाई विशेष चासोका साथ पछ्याइरहेको’ लेखेका छन् । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *