पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा अस्मिता कार्की पक्राउ  

  

 

साउन ३०, काठमाडौँ । एक साताअघि चितवनको एक होटलमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अस्मिता कार्की पक्राउ परेकी छिन् । 

null

पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो बुधबार सार्वजनिक भएपछि स्थायी घर ओखलढु‌ंगा भएकी हाल काठमाडौँको आरुबारीमा बस्दै आईरहेकी अस्मिता भनेर चिनिने रुक्कु कार्की पक्राउ परेकी हुन् । 

उक्त सार्वजनिक गरिएको भिडियोमा पुडासैनीले रुदैं बारम्बार आफु मर्नुको कारण रबी लामिछाने, अस्मिता कार्की र युवराज कँडेल भएको भनी यी तीन व्यक्तिको नाम बताएका छन् । 

तर यता रबी भने उक्त कुरा अस्वीकार गरिरहेका छन् । पुडासैनीको भिडियो सार्वजनिक भए लगतै रबीले सामाजिक संजाल फेसबुकमा ‘आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु। मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ’ भनेर स्टाटस् अपडेट गरेका छन् । 

युवराजले पनि मृतक पुडासैनीले लगाएको आरोपको ठाडै अस्वीकार गरेका छन् उने पनि सामाजिक संजालमा ‘मेरी आमाको कसम खाएर भन्छु, सालिकले भनेकी युवतीलाई न मैले अहिलेसम्म चिनेको छु, न देखेको छु, न भेटेको छु न सालिकसँग जोडीदिएको छु,अनि अस्ट्रेलिया पठाइदिने लगाएतका यी यावत आरोपहरुमा एउटा पनि गल्ती म बाट भएको रहेछ भने यो देशमा कानुन छ अनि सबैकुरा देख्ने ईश्वर छ म मर्न तयार छु। सबैकुरा छानबिन होस। हामीले कुनै अपराध गरेका छैनौँ’, भनि लेखेका छन् । 

चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले सार्वजनिक भएको भनिएको भिडियोको फरेन्सिक टेस्ट भइरहेको र अहिले नै केही भनिहाल्न नमिल्ने बताएका छन्। उनले किटानी जाहेरी पनि नपरेको बताएका छन्। 

काठमाडौँमा नर्स पेशामा आवद्ध रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेको हो ।  हाल कार्कीलाई चितवन लगिदैं गरेकाे प्रहरीले जनाएकाे छ ।  कार्की पक्राउ परेसँगै प्रहरीले रवि र युवराजमाथि पनि निगरानी बढाएको छ। 

यसैबीच नेपाल पत्रकार महासंघले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथी कारबाही गर्न माग गरेको छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *