तपाईँको आजको राशिफल, कुन राशिलाई कस्तो फल ?


आज मिति २०७६ साल साउन २६ गते आइतबार, तदअनुसार अगस्ट ११ महिनाको २०१९ तरिख । आजको तपाईँको राशिफल यस्तो छ ।
मेषअध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।
null
वृषमहत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुँन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोवारमा बिवादपनि आउला ।
मिथुनरोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कर्कटविद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ l
सिंहमनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । रमणीय र सुखद् यात्राको हुनेछ । धार्मिक यात्राको योगछ ।
कन्यायात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भयछ सचेत रहनुहोला ।
तुलाएउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।
वृश्चिकमन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ ।
धनुपरीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । रमणीय र सुखद यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ ।
मकरमनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।
कुम्भआज सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
मीनसन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ ।
