आजको राशिफल,आजको पञ्चाङ्ग

आजको पञ्चाङ्ग 

वि.सं. २०७६ भदौ २। सोमबार। इ.स. २०१९ अगस्ट १९। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने।सं। ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। चतुर्थी, २४:१० उप्रान्त पञ्चमी। नक्षत्र– उत्तरभाद्रपदा, १८:०३ बजेउप्रान्त रेवती। योग– धृति, १५:१६ बजेउप्रान्त शूल। करण– वव, ११:१८ बजेदेखि वालव, २४:१० बजेउप्रान्त कौलव। आनन्दादिमा गद योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ५:३६ बजे, सूर्यास्त– १८:३७ बजे र दिनमान ३२ घडी १ पला। पञ्चक। 

आज ०२ भाद्र २०७६ सोमवार  राशिफल 

मेष, चु, चे, चो, ला, लि, लु, ले, लो, अ, 

कार्यमा बाधा आउनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । कष्टकर यात्रा गर्नुपर्ला । 

बृष, इ, उ, ए, ओ, वा, वि, वु, वे, वो, 

कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । 

मिथुन, का, कि, कु, घ, ङ, छ, के, को, हा, 

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । प्रेम सम्बन्ध कसिलो होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । 

कर्कट, हु, हे, हो, डा, डि, डु, डे, डो, 

नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । 

सिंह, मा, मि, मु, मे, मो, टा, टि, टु, टे, 

आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । 

कन्या, टो, पा, पि, पु, ष, ण, ठ, पे, पो, 

शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । 

तुला, रा, रि, रु, रे, रो, ता, ति, तु, ते, 

चिताएको कामले तीव्रता लिनेछ । कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग रहेको छ । 

बृश्चिक, ना, नि, नु, ने, नो, या, यि, यु, 

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । 

धनु, ये, यो, भा, भि, भु, धा, फा, ढा, भे, 

साना–तिना समस्यामा अल्झिनुपर्नेछ । परिवारीक समस्याले सताउनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । 

मकर, भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि, 

नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफलयात्रापनि हुनेछ । 

कुम्भ, गु, गे, गो, सा, सि, सु, से, सो, दा, 

मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ । 

मीन, दि, दु, थ, झ, ञ, दे, दो, चा, चि 

जोश जाँगर वढ्नेछ । भौतिक साधन जुटाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । सौन्दर्यतामा धन खर्चपनि हुनेछ । 

ज्यो,प. नारायणप्रसाद दुलाल 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *