दुधको मुल्य बढाउन सरकारलाई सात दिने अल्टिमेटम, नबढाए आन्दोलन

 

साउन १६, चितवन । चितवनका किसानहरुले दुधको मुल्य बढाउन माग गर्दै सरकारलाई सात दिने अल्मिेटम दिएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघले बिहीबार पत्रकार सम्मेलन गरि दुधको मुल्य बढाउन सरकारलाई अल्टिमेटम दिएको हो । 

यहाँका किसानले पाउँदै आएको अतिरिक्त मूल्य समेत घटाएपछि दुध उत्पादक किसान मारमा परेका छन् । लागत मूल्य समेत पाउन नसकिरहेको अवस्थामा अतिरिक्त मुल्य समेत कटौती भएपछि यहाँका किसानहरुले मुल्य वृद्धी गर्नु पर्ने बताएका हुन् । 

null

यहाँका किसानले प्रति लिटर ४८ रुपैयाँ ३६ पैसामा दुध बिक्री गर्दै आएका छन । 

तीन बर्ष पहिले फ्याटमा ५ दशमलब ५० र एसएन एफमा २ दशमलब ९२ हुँदा टिएस ३२ दशमलब ७५ प्रतिशत पर्दा दुधको मुल्य ४८ रुपैया ३६ पैसा पर्न जान्छ । हालसम्म सो मुल्य यथावत् रहेको छ । 

गाई तथा भैँसीलाई खुवाईने दाना तथा चोकरको मुल्य भने तीन वर्षको अवधिमा १० रुपैँया बराबरले बढेको छ । यसरी दाना चोकर र सम्पुर्ण मुल्यलाई मिलाएर हेर्दा दुधको मूल्य तत्कालै प्रति लिटर न्युनतम १० रुपैयाँ नघटाई बृद्धि हुनुपर्ने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका सचिव किशोर बगाले बताउँछन् । 

केन्द्रिय संघबाट भएको पहल कदमी र जिल्लाबाट उठेका आवाजलाई सरकारले बेवास्ता गरे किसानहरु चरणबद्ध आन्दोलनमा उत्रने सचिव वगालेले बताए । 

सरकारले दुग्ध सहकारीलाई विद्युत महसुलमा ५० प्रतिशत सहुलियत दिने भने पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । सरकारले दुग्ध सहकारीलाई उद्योग सरह कर समेत लगाएको संघका अध्यक्ष रत्नमणी न्यौपानेले बताए । 

चितवनको कुल जनसंख्याको ६३ प्रतिशत दुग्ध उत्पादक किसानहरु रहेका छन् । ६८ हजार ६ सय ११ दुधालु गाई भैँसीबाट दैनिक २ लाख ९० हजार लिटर दुध उत्पादन भईरहेको छ । यहाँ उत्पादित दुध काठमाडौं, पोखरा, हेटौँडा लगायत अन्य जिल्लामा निर्यात हुँदै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *