वर्षाका कारण पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

बैतडी, २१ साउन । वर्षाका कारण पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । महाकाली राजमार्गको सतँबाझ–गोकुलेश्वर सडकखण्ड अन्तर्गत डिलाशैनी गाउँपालिका–६ बांगाबगरमा पहिरो खस्दा मंगलबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । 

 

पहिरोले सवारी साधन आवतजावत पूर्ण रुपमा रोकिएको छ । सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन् । 

null

भारी वर्षा भइरहेकाले पहिरो तत्काल पन्छाउन नसकिने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । २०६० देखि खस्दै आइरहेको उक्त पहिरो रोक्ने व्यवस्था नहुँदा वर्षायाममा बर्सेनि सडक अवरुद्ध हुँदै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *