सर्पको टोकाईबाट ५० वर्षिय महिलाको मृत्यु

 

साउन २८, बुटवल । रुपन्देहीमा विषालु सर्पको टोकाईबाट एक ५० वर्षे महिलाको मृत्यु भएको छ । 

रुपन्देहीको सैनामैना १० पानबारीमा ५० वर्षिय सुकमाया रेग्मीको सर्पको टोकाईबाट मृत्यु भएको हो । आफ्नै घरको छेउमा रहेका सुकमायाकाे खुट्टाको औँलामा सर्पले टोकेको थियो । 

null

सर्पको टोकाईबाट गम्भिर घाईते भएकी सुकमायाको उपचारको लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गर्न खोज्दा अस्पतालले मृत्यु भइसकेकाे घोषणा  गरेको वडा सदस्य चन्द्र बहादुर थापा बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *