आज भाद्र १० गते मंगलवार, यस्ताे छ यहाँकाे फलादेश


आजको पञ्चाङ्ग
वि.सं. २०७६ भदौ १०। मंगलबार। इ.स. २०१९ अगस्ट २७। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। द्वादशी, २२:५७ उप्रान्त त्रयोदशी। नक्षत्र– पुनर्वशु, २२:४९ बजेउप्रान्त तिष्य। योग– सिद्धि, ७:३८ बजेदेखि व्यतीपात, २९:०७ बजेउप्रान्त वरियान्। करण– कौलव, ११:५० बजेदेखि तैतिल, २२:५७ बजेउप्रान्त गर। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– मिथुन, १७:०५ बजेउप्रान्त कर्कट। काठमाडौंमा सूर्योदय– ५:४० बजे, सूर्यास्त– १८:२९ बजे र दिनमान ३२ घडी १ पला। त्रिपुष्कर योग २२:४९ बजेसम्म।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
null
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उन्नति प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा फाइदा पुग्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक/सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तानपक्षको मायामा कमी आउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफन्त संग मनमुटाव बढ्ला । सामान हराउन सक्नेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल
