अवैध गाँजा सहित दुई महिला पक्राउ

भाद्र ९, पाल्पा । पाल्पा प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा सहित दुई महिलालाई पक्राउ गरेको छ ।   

पक्राउ पर्नेमा  तिनाउँ गाउँपालिका–६ की २३ बर्षीया सिता बुचा र सोही स्थानकी ४० विना रानाको रहेको प्रहरीले जनाएको छ । 

बुटवलतर्फ लैजाँदै गरेको लु १ ख ५५४७ नम्वरको बस चेकजाँच गर्ने क्रममा  बोरामा लुकाई राखेको अवस्थामा ९ सय  ग्राम गाँजा सहित बुचा र रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   

Image result for अवैध गाँजा सहित दुई महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय पाल्पाका  अनुसार पक्राउ परेका ती दुबै महिलालाई जिल्ला प्रहरी कार्यालय तानसेन पठाईएको छ ।     

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *