वडाध्यक्षले दलित सदस्यलाई तिमी भनेपछि….

भदौ ६, पोखरा । वडाध्यक्षले अरुलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारले चित्तदुखाइ छ । 

‘निर्वाचित हुनुअघि वडाअध्यसँग खासै चिनजान र हेलमेल पनि थिएन,’ उनले भनिन्, ‘उहाँ अरु सबै सदस्यलाई तपाईं भन्नुहुन्छ, मलाई भने ‘तिमी’ भन्नुहुन्छ ।’ आफू दलित भएकैले हेपेर सम्बोधनमा विभेद गरिएको उनको बुझाइ छ । 

वडाध्यक्ष्ँ प्रकाश पौडेलले आफूहरुसँग सरसल्लाह नै नगरी काम गर्ने गरेको समेत परियारले गुनासो गरिन् । परियारका अनुसार दलित विद्यार्थीलाई पोसाक वितरण कार्यक्रमको उनी संयोजक थिइन् । वडामा १ लाख रुपैयाँबराबरको विद्यालय पोसाक बाँड्ने योजना थियो ।  

null

‘भ्रमणमा निस्किएको बेला मलाई थाहै नदिई वडाध्यक्षले पोशाक बाँड्नु भएछ’ उनले सुनाइन् । समाचार आजको कान्तिपुर दैनिकमा दलितलाई तिमी शीर्षकमा समाचार छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *