मोडर्न एरा कलेजद्वारा नयाँ विद्यार्थीलाई स्वागत


साउन २०, विराटनगर । विराटनगर स्थित मोर्डन एरा कलेजले कक्षा–११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ । कलेजमा भर्ना भएका ७ औं ब्याचमा विद्यार्थीहरुलाइ स्वागत गरिएको हो ।
कार्यक्रममा व्यवस्थापन संकायमा पठनपाठन हुँदै आएको कलेजले यस शैक्षिक सत्रदेखि विज्ञान तथा होटेल मेनेजमेन्टको कक्षा समेत सञ्चानल गरेको कलेज व्यवस्थान समितिका अध्यक्ष इन्द्र राईले जानकारी दिए ।
null
यस वर्ष तीनवटै संकायमा २ सय २६ जना विद्यार्थीहरु भर्ना भएको कलेजले जनाएको छ । कार्यक्रममा केलेजका अध्यक्ष राईले विराटनगरको उत्तरी भेगमा अलग्गै पहचान बनाउँन सफल रहेको यस कलेजले २–३ वर्षमा विज्ञान संकायमा नमुना कलेज बनाउने दावी गरे ।
कयृक्रममा कलेजका को–अर्डिनेटर ठाकुरराज भण्डारी, स्कूलका प्रिन्सिपल राम घिमरे, क्याम्पसका क्याम्पस गोविन्द निरौलालगायले कलेजमा भर्ना भएको विद्यार्थीलाई सफलताको शुभ कामना दिए ।
कक्षा–१२ का विद्यार्थीले भर्ना भएका नर्या विद्यार्थीलाई नृत्य तथा गीत गाएर स्वागत गरे भने स्कूलमा अध्ययनरत विद्यार्थीले समेत नृत्य गरि मनोरञ्जन दिए ।
