त्रिशूलीमा बस खस्यो, ३ जनाको मृत्यु

साउन २४, धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका –३ सलाङघाटस्थित त्रिशूली नदीमा बस खस्दाँ तीन जनाको मृत्यु भएको छ । सर्लाहीको मलङगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान साढे ३ बजेको त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । अहिलेसम्म १० जनाको उद्धार गरिएको प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए । उनका अनुसार उद्धारका लागि नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएका छन् । विस्तृत विवरण आउन बाँकी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *