सुर्खेतको हर्रेमोडमा बस दुर्घटना, ३ को मृत्यु, २७ घाइते

भदौ ११, काठमाडौँ । रत्न राजमार्गअन्तर्गत पर्ने सुर्खेतको भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २७ यात्रु घाइते भएका छन् ।  

जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस बुधबार (आज) बिहान ना ४ ख ९३१७ नंको बस बिहान करिब साढे ३ बजे दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले मृतकको सनाखत हुन बाँकी रहेको बताए । दुर्घटनाको कारण खुल्न नसके पनि तीव्रगतिका कारण हुनेसक्ने प्रहरीले अनुमान गरेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *