आजको पञ्चांग यस्तो छ

२०७६ भदौ १३ गते

भदौ १३, काठमाडौँ । आज २०७६ साल भदौ १३ गते शुक्रवार, तदअनुसार अगस्ट ३० ,२०१९ l शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। औंसी, १६:२१ उप्रान्त प्रतिपदा। नक्षत्र– मघा, १८:३१ बजेउप्रान्त पूर्वफाल्गुनी। योग– शिव, २०:२५ बजेउप्रान्त सिद्ध। करण– नाग, १६:२१ बजेदेखि किंस्तुघ्न, २७:०८ बजेउप्रान्त वव।
आनन्दादिमा काण योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ५:४२ बजे, सूर्यास्त– १८:२६ बजे र दिनमान ३१ घडी ० पला। औंसी। दर्श-श्राद्ध। कुशेऔंसी (कुश ग्रहण गर्ने)। गोकर्ण तीर्थमा स्नान तथा श्राद्ध। स्नान-दान गर्ने, हलो बार्ने र निशि बार्ने औंसी। मन्वादि। पितृ साम्मान दिवस (बाबुको मुख हेर्ने)। युवक कवि मोतीराम भट्ट जयन्ती।

२०७६ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित