‘प्रकाश दाहाल स्मृति भलिबल’ प्रतियोगिता हुँदै, प्रथम पुरस्कार राशी पाँच लाख

भदौ १२, काठमाडौँ । प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप भलिबल प्रतियोगिता हुने भएको छ । प्रगतिशील युवा नेपाल (गोरखा–काठमाडौँ)को आयोजनामा यही भदौ २४ देखि २८ सम्म राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । 

प्रगतिशील युवा नेपालले बिहीबार पत्रकार सम्मेलन गरी सर्वाधिक धनराशि पुरस्कार भएको भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा युवा नेपालका अध्यक्ष दीपक थापाले खेलाडीलाई नयाँ ऊर्जा थप्नका लागि खुला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको बताए । खेलकूदको विकास भएमात्र समृद्ध मुलुक निर्माण हुने भन्दै प्रगतिशील युवा नेपालले खेलकूदको विकासका लागि काम गर्न लागेको उहाँको भनाइ छ ।   

काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेलमैदानमा हुने प्रतियोगिताको विजेता समूहले पाँच लाख पाउनेछ । यस्तै दोस्रो हुनेले   तीन लाख, तस्रो हुनेले एक लाख र चौथो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउने छ ।   

null

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार हात पार्ने अध्यक्ष थापाले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *