धर्म प्रचार गर्ने तीन विदेशी नागरिक पक्राउ
२०७६ साउन ८ गते

साउन ८, पोखरा । धर्म प्रचार गरेको आरोप तीन विदेशी नागरिक पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय बैदामको टोलीले इसाई धर्म प्रचार गरेको आरोपमा ३७ वर्षीय जापानी महिला रैको सेकिया र ३७ वर्षीय पुरुष जायरो सेकियालाई सोमबार नियन्त्रणमा लिएको हो ।
null
उनीहरुलाई रत्नचोकस्थित धर्म प्रचार गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए । उनका अनुसार पोखराको लेकसाइडमा बस्दै आएका उनीहरुको कोठाबाट प्रहरीले केही थान बाइबलसमेत बरामद भएको छ ।
उनीहरुसँगै धर्म प्रचारमा संलग्न दक्षिण कोरियाका ७३ वर्षीय चो योसाङ पनि पक्राउ परेका छन् । पक्राउ परेका तीनजनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
२०७६ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








