आइफा अवार्डमा कलाकारकाे विराेधः ‘हामीले कर तिरेको बलिउडमा लगानी गर्नलाई हो ?

 

असार १५, काठमाडौं । इन्टरनेश्नल इन्डिया फिल्म् अवार्ड (आइफा) नेपालमा आयोजना गर्ने निर्णय गरेपछि यसको विरोध भइरहेको छ । 

असार ८ गते बसेको मन्त्रिपरिषदको बैठकले आइफाको २० औं संस्करण काठमाडौँमा आयोजना गर्ने औपचारिक निर्णय सार्वजनिक गरेलगतै चलचित्रकर्मीदेखि सर्वसाधारणले समेत यसको विरोध जनाउँदै आएका छन् । 

null

हाँस्य कलाकार केदार प्रसाद घिमिरे (माग्नेबुढा) ले पनि यसको विरोध गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नागरिकता विधेयक ल्याऊ भनेर थेग्नै नसक्ने प्रेशर आयो भनेको सुनेको थिएँ । फेरी प्रेशर हानेच क्यार आईफा अवार्ड गर भनेर । नत्र लथालिङ्ग देशको भताभुङ्ग ताल भैरहेको बेला बिदेशी भाषाको सम्बर्धन हुनेगरी अनिकालको अरबौं बजेट किन खर्चिनु परो ? यता नेपाली कलाकारहरुलाई पशुपतिमा जलाउने बेला सेतो लुगा किन्न चन्दा उठाउन परिराछ ।’ 

उनले जनताले तिरेको कर किन बलिउडमा खर्च गर्नुपर्यो भन्दै प्रश्न उठाए । ‘राष्ट्रियता राष्ट्रियता भन्या पनि सुगा रटाइ मात्र हो ? हामिले जुन कर तिर्या छौँ के बलिउडमा लगानी गर्नलाई हो ? सानुमान्छे ठुलो कुरा भोकी ? माफ पाऊँ है हजुर’, उनले फेसबुकमा लेखेका छन् ।  

यस्तै निर्देशक प्रदिप भट्टराईले राष्ट्रिय अवार्ड गर्नलाई तीन वर्ष लगाउने तर विदेशी अवार्डको लागि किन तातेको भन्ने प्रश्न उठाए । उनले लेखेका छन, ‘आइफा नेपालमा हुनु राम्रो कुरा हो । तर आफ्नै देशको राष्ट्रिय अवार्ड वितरण गर्न तीन वर्ष लगाउने र एउटा फिल्म सिटि बनाउन आलटाल गर्ने अनि अर्काको अवार्ड गर्न चै किन तातो लाग्या ? मैले त बुझिन तपाईंले बुझ्या भए भन्दिनु है ।’ 

यस्तै निर्माता तथा कलाकार दीपकराज गिरीले पनि आइफा अवार्डको विरोध गरेका छन् । दीपकराज लेख्छन्, ‘सलमान खान र कपिल शर्मालाई त सुरक्षा दिन सकिन्न भनेर कार्यक्रम नै रद्द भो । अब त झन् पूरै बलिउड ल्याउने रे मजाक गर्नुहुन्छ पान्डेजी ।‘ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + seventeen =