एमबीबीएस पढ्दै गरेका विद्यार्थीले चक्कु प्रहार गर्दा ३ घाइते

 

असार २०, बीरगञ्ज । बीरगञ्जमा शुक्रबार बिहान एमबीबीएस पढ्दै गरेका एक विद्यार्थीले चक्कु प्रहार गर्दा ३ जना घाइते भएका छन् । 

नेशनल मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका अरवीन्द सहनीले सामान्य विवादमा धारिलो हतियार चक्कु प्रहार गर्दा ३ जना घाइते भएका हुन् । 

null

वीरगञ्ज महानगरपालिका १५ त्रिशुल चोकमा डेरा गरी बस्ने २८ वर्षीय रञ्जितप्रसाद रौनियार, २५ वर्षीय चाँदनीदेवी रौनियार र उनीहरुकी आमा ६० वर्षीय मीनादेवी रौनियारमाथी चक्कु प्रहार गरी अरबीन्द भने फरार रहेको प्रहरीले जानकारी दिएको छ । 

अरबीन्द र रञ्जित एकै कलेजका विद्यार्थी थिए भने उनीहरु दुवैको घर सर्लाही भएको र डेरामापनीसँगै बस्दै आईरहेको प्रहरीले खुलाएको छ । 

घाइतेहरुको नेशनल मेडिकल कलेज वीरगञ्जमा नै उपचार भईरहेको छ भने यस घटनामा रञ्जितको पेटमा चोट लागेको र मीना, चाँदनीको हातमा चोट रहेकाे प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार धारिलो हतियार चक्कु प्रहार भएको भनिएता पनि हाल सम्म चक्कु भने नभेटिएको र फारार रहेका अरबीन्दको खोजीकार्य भईरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *