लागुऔषध सहित नागढुंगामा चौधरी र साही पक्राउ

काठमाडौं, १८ असार । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । राजधानीको नाका नागढुंगामा प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काको टोलीले चेक जाँचको क्रममा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले राजविराज बाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ५ ख ७८७५ नम्बरको को यात्रु बाहक बस वाट जिल्ला सिराहा सितापुर गाउँपालिका वडा नं. ४ घर हुुने वर्ष २७ को विवेक चौधरीलाई लागुऔषध सहित पक्राउ परेको पुष्टि गरे । प्रहरीका अनुसार उनको साथवाट लागु औषध डाईजेल्याब ५६ एम्पल, फेनारगन ५८ एम्पल र नुफिन ५५ एम्पल फेला परेको छ ।
त्यस्तै नेपालगंजबाट काठमाडौं तर्फ आउँदै गरेको ना ५ ख ८९४१ नम्बरको को यात्रु बाहक बस जिल्ला बाँके नेपालगंज उमनपा वडा नं. ५ घर हुुने वर्ष २४ को विप्लप साहीलाई पक्राउ गरिएको हो । साहीले झोला भित्र प्लाष्टिमा पोका पारि लुकाई छिपाई लिई आएको लागु औषध १०४ ट्यावलेट नाईट्राभेट फेला परेको थानकोट प्रहरीले जनाएको छ ।
null








