मृतकहरुको चिरशान्तीको कामना गर्दै सडकमै पुजा

 

असार १७, काठमाडाैँ । सडकको किनारमा टेण्ट टाँगिएको छ । टेण्ट मुनि जग्गे वनाईएको छ । वरिपरि पण्डित (पुरोहित) हरु आ-आफ्नो काममा व्यस्त देखिन्छन् । 

महिलाहरुको एक समुह छ । यो दृश्य पूर्व पश्चिम राजमार्ग अन्र्तगत चितवन रत्ननगरको हो । यहाँ कुनै एक व्यक्तीले पुजा लगाएका होईनन् । सडक दुर्घटनामा मृत्यु भएकाहरुको चिरशान्तीको कामना सहित पितृहरुको उद्धारका लागि रत्ननगर १० स्थित सिद्धि गणेश महिला समुहले श्रीमद् भागवत महापुराण(एकाहा) एवंम् लक्ष्यवर्ती दीप प्रज्वलन कार्यक्रम राखेको हो । 

null

 

रत्ननगरको टाँडीदेखी भानुचोक सम्म सडक सडक दुर्घटनामा धेरैको रगत वगेको देख्नु परेको भन्दै पुजाको आयोजना गरिएको सिद्धिगणेश आमा समुहकी अध्यक्ष मीरा लामिछानेले वताईन् । सडक दुर्घटनामा धेरैको रगत वगेको प्रत्यक्ष आँखाले देख्नु पर्यो समुहकी अध्यक्ष लामिछानेले भनिन् – मृतआत्माको चिरशान्तीको कामना गर्दै पुजा गरेका हौ,यो अरुलाई सन्देश फैलाउने माध्यम पनि हो । 

१६ जना पण्डितहरुले एक दिने एकाहा, स्वस्ती शान्ती, लक्ष्यवर्ती गरी पुजाआजा गरेका छन् । वेलुका भजनर्कितन समेत आयोजना गरिएको छ । पुजाका लागि महिला समुहका सदस्यबाट रु ३ सयका दरले आर्थिक संकलन गरिएको समुहकी अध्यक्ष लामिछानेले वताईन् । 

अन्य व्यक्तीहरुले पनि इच्छा अनुसार रकम सहयोग गरेका थिए । पूर्वी चितवनको रत्ननगरमा फोर लेन सडक वनेपछि सडक दुर्घटनाहरु वढिरहेका छन् । ८,९ वर्ष अघि देखी हाल सम्म सो सडक खण्डमा दुर्घटनामा मृत्यु भएकाहरुको चिरशान्तीको कामना गर्दै पुजा गरिएको हो । 

रत्ननगर नगरपालिकाका मेयर नारायण वनको प्रमुख आतिथ्यतामा भएको पुजामा उपमेयर विमला दुवाडी,इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष आचार्य,रत्ननगर १० का वडाध्यक्ष केशव आचार्य ,आमा समुहका सदस्य लगायत स्थानीयवासीहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *