भारततर्फ लैजाँदै गरिएका ११ जनाको उद्धार, ३ जना पक्राउ
२०७६ साउन ४ गते

साउन ३, मोरङ । मोरङबाट रोजगारीका लागि भारततर्फ लैजाँदै गरिएका ११ जनाको उद्धार गरेको छ ।
प्रहरीले रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा उर्लाबारी नगरपालिका–४ बस्ने २६ वर्षीय करन लिम्बुसहित ११ जनालाई बिहीबार राति उद्धार गरेको हो ।
null
उनीहरुलाई भारततर्फ लैजाने मोरङ उर्लाबारी नगरपालिका–४ बस्ने ४८ वर्षीय फुर्का उराम, ४५ वर्षीया फुल कुमारी उराम र सुनसरी हरिनग्रा गाउँपालिका–७ बस्ने ४० वर्षीय हफिज अन्सारीलाई प्रहरीले पक्राउ परेका छन् ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०७६ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








