मासिँदै हिमाली पर्यावरण, बाटो निर्माणलाई बेवास्ता गर्दै निजी प्लटिङ

काठमाडौं, २१ असार । आजका सबै पत्रिकाहरुका मुख्य समाचार भारतको दबावमा सरकारले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय गरेको बनेको छ । मन्त्रिपरिषद बैठकले बिहीबार फलफूल तथा तरकारीमा विषादी परीक्षण नगरीकनै आयात गर्न पाउने निर्णय लिएको छ । यसअघि नेपालस्थित भारतीय दूतावासले समेत सरकारका उच्च अधिकारीहरुसँग भेटेर र पत्राचारै गरेर विषादी परीक्षण नगर्न दबाव दिएको समाचारमा उल्लेख छ ।कान्तिपुरले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गराउने सरकारी प्रयास विफल भएसँगै आम उपभोक्ताको स्वास्थ्य थप जोखिममा परेको लेखेको छ । 

अन्नपूर्ण पोष्टले नेताहरुको शैक्षिक योग्यता पत्ता लगाउने कोसिस गरेको छ । केपी ओली नेतृत्वको कुल २४ सदस्यीय मन्त्रिपरिषदमा दुई जनाले पीएचडी, ६ जनाले स्नातकोत्तर, ९ जनाले स्नातक, ४ जनाले प्रमाणपत्र तह र तीन जनाले एसएलसीसम्म अध्ययन गरेको उल्लेख छ । नेकपा स्थायी समितिमै झण्डै २० प्रतिशत एसएलसीवाला रहेको, कांग्रेसमा पाँच जना डाक्टर र अधिकांश स्नातकोत्तर गरेका तथा राष्ट्रपति-उपराष्ट्रपतिले आईए पास गरेका अन्नपूर्णको समाचारमा उल्लेख छ । 

नागरिक दैनिकले मासिँदै हिमाली पर्यावरण शीर्षकको मुख्य समाचार प्रकाशित गरेको छ । आर्थिक आर्जनसँग जोडिएको यार्चागुम्बु पछिल्लो समय हिमाली क्षेत्रको वातावरण विनाशको कारक बनिरहेको समाचारको सार छ । 

null

नयाँ पत्रिका दैनिकले नाकामा प्रयोगशाला राख्नुको सट्टा विषादी परीक्षण नै नगर्ने निर्णय लिइएको उल्लेख गरेको छ । नयाँ पत्रिका दैनिकले नेकपाभित्रको गुट-उपगुटलाई केलाउने प्रयास गरेको छ । समाचारमा राखिएको तथ्यांकमा सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा केपी शर्मा ओलीभन्दा प्रचण्डलाई शक्तिशाली देखाइएको छ । ओली र प्रचण्डसँग सचिवालयमा समान ३-३ जना छन् । स्थायी समितिमा ओलीका १२ जना हुँदा प्रचण्डका १३ जना छन् । यसैगरी केन्द्रीय कमिटीमा ओलीका ११० र प्रचण्डका १३९ जना रहेको नयाँ पत्रिकाले लेखेको छ । 

राजधानी दैनिकले काठमाडौंको नागार्जुन नगरपालिकाले आफ्नो विकास योजनामा सार्वजनिक बाटो निर्माणलाई बेवास्ता गर्दै निजी प्लटिङका लागि सडक निर्माण गरेको पाइएको मुख्य समाचार लेखेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eight =