सिरिन्ज आक्रमणमा संलग्न भएकाे आशंकामा एक पक्राउ

 

असार २३, काठमाडौँ । सोमबार दिउँसो प्रहरीेले काभ्रेबाट सिरिन्ज आक्रमण घटनामा संलग्न रहेको आशंकामा एक युवालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा स्याङ्जाका खगेन्द्र प्रसाद पाठक रहेको प्रहरीले जानकारी दिएको छ । 

null

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाका अनुसार उनलाई काभ्रेको बनेपास्थित चार दोबाटो भन्ने ठाउँबाट आज दिउँसो पक्राउ गरिएको हो । 

लोकसेवा आयोगको परीक्षा तयारी गर्नको लागि काभ्रेमा बस्दै आएका पाठकलाई स्थानियबासीले दिईएको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

करिब दुई हप्ता अगाडी मात्रै बनेपामा एक युवतीले आफूमाथी सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दर्ता गरेकी थिईन् । 

पक्राउ परेका पाठकमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *