मनिट्रान्सफरमा चोरी गरेको आरोपमा दुई पक्राउ

 

साउन १०, धनुषा । प्रहरीले धनुषामा मनिट्रान्सफरको सटरको ताल्चा फुटाई चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेका छन् । 

पक्राउ पर्नेमा गोठकुवा बस्ने २१ वर्षीय गोविन्द यादव र सोही ठाउँ बस्ने २८ वर्षीय रामु यादव रहेका प्रहरीले जनाएको छ । 

null

धनुषाको शहीदनगर नगरपालिका ३ यदुकुवामा अवस्थित पारस मनिट्रान्सफरको सटरको ताल्चा फुटाई टेबलको घर्रामा रहेको ३ लाख ३९ हजार ५ सय रुपैयाँ चोरी भएको थियो । 

चोरी भएको उक्त रकम बोकी सोही स्थानमा शंकात्मक गतीबिधीमा हिँडिरहेको अवस्थामा प्रहरीले गोविन्दलाई पक्राउ गरेको र मनिट्रान्सफरको उक्त चोरीमा उनको संलग्न देखिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका अर्का व्यक्ति रामुलाई भने अनुसन्धानको क्रममा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *