यी युवती आफ्नो खुट्टा काटेपछि बनिन् शानदार ‘डान्सर’

 

असार २५, बेलायत ।  एक बेलायती युवतीले आफ्नो खुट्टा काट्न डाक्टरलाई पाँच वर्षसम्म फकाइन् । खुट्टा काटेपछि उनले आफूलाई नयाँ ढङ्गले पुनर्निर्माण गरिन् । उनले आफूलाई एक शानदार गायिका एवं डान्सरको रुपमा आफूलाई विकास गरिन् । खुट्टा काटिएपछि ३१ वर्षकी भिक्टोरिया मोडेस्टाले विभिन्न डिजाइनको नक्कली खुट्टाको प्रयोग गर्छिन् । 

 

null

हालै भिक्टोरियाले पेरिसको क्रेजी हर्समा आफ्नो शानदार प्रस्तुती दिइन् । त्यसपछि नै उनको व्यापक चर्चा भइरहेको छ । लातवियामा जन्मिएकी उनको जन्मलगत्तै एक दुर्घटनाका कारण बायाँ हिप र खुट्टामा समस्या आएको थियो । 

१२ वर्षको उमेरमा भिक्टोरिया लण्डन गइन् र २० वर्षको उमेरमा उनले आफ्नो खुट्टा काट्ने निर्णय गरिन् । विभिन्न शल्यक्रियापश्चात् पनि उनलाई भयंकर पीडा हुने र हिँड्न पनि समस्या भएका कारण खुट्टा नै काट्ने निर्णय लिएको उनले कुराकानीमा बताउने गर्छिन् । 

 

खुट्टा काटेपटि मात्र उनले आफ्नो शरीरमा नियन्त्रण हासिल गरेको उनले बताउँछिन् । 

अब उनी अमेरिकामा बस्छिन् र आफूलाई संसारको नागरिक बताउँछिन् । भिक्टोरियाका एकपटक भनेकी थिइन् कि खुट्टा काटेपछि उनले जीवनमा खुसी पाइन् । उनले भनेकी थिइन्, ‘जन्मिएको पाँच दिनसम्म आमाले मलाई हेरिनन् । मलाई अनाथालय पठाउन उनीमाथि दबाब थियो ।’ एजेन्सी 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *