आज साउनको पहिलो सोमबार, पशुपतिनाथमा भक्तजनको घुईंचो (फोटो फिचर)

काठमाडौं, ६ साउन । भगवान शिवको प्रिय महिना साउन र प्रियबार सोमबार मानिन्छ । यस दिनमा शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृतद्वारा पूजाअर्चना गरिन्छ । साउन ६ गते अर्थात आज पहिलो सोमबार परेको छ । यो महिना र दिन शिवको स्तुति मानव तथा चराचर जगतका लागि निकै कल्याणकारी रहन्छ भन्ने शास्त्रीय मान्यता रहि आएको छ । 

 

आराध्यदेव पशुपतिनाथ, महोत्तरीको जलेश्वर, दोलखाको भीमेश्वर, पर्साको पारसनाथ, पनौतीको भालेश्वर, भक्तपुरको डोलेश्वर, डडेल्धुराको भाग्येश्वर, सप्तरीको भजनेश्वर, कैलालीको बेडाबाबा र रुपन्देहीको मनौरी महादेव लगायत देशभरका शिवालयमा साउन महिनाभर नै महादेवको विशेष उपासना गर्न श्रद्धालुहरूको ठूलो भीड लाग्छ । 

null

 

साउने सोमबारका दिन सबैभन्दा बढी श्रद्धालु आउने पशुपतिनाथमा नै हो । यो दिनका लागि विशेष तयारी गरेको पशुपति विकास कोषले जनाएको छ । कोषका अनुसार सोमबार बिहान ३ः३० मा नै दर्शनार्थीका लागि मन्दिरको ढोका खुला गरिएको छ । साथै आज बोलबम तीर्थयात्रीहरुको पनि शिवालयहरुमा भिडभाड देखिन्छ । 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *