दैलेखमा बस दुर्घटना, एक जनाको मृत्यु
२०७६ साउन ७ गते

सुर्खेत, ७ साउन । दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं ४ राकम कर्णालीमा मंगलबार विहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नं ५ मालाचौर बस्ने अन्दाजी ३३ वर्षकी धृजा माझी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रहरीका अनुसार ना ५ ख ७२४३ नम्बरको गाडी चिप्लिएर दुर्घटना भएको हो । बस जुम्ला देखि काठमाडौंका लागि छुटेको थियो । अरु थप यात्री लिनका लागि मालाचौर जाँदै गर्दा शेराबाडा नजिकै दुर्घटना भएको हो ।
null
दुर्घटनामा परेका अन्यको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
२०७६ साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित








