दुबईकाे शासककी छैठौँ पत्नीद्वारा लण्डनको हाईकोर्टमा सम्बन्धविच्छेदको निवेदन दर्ता

 

साउन १५, काठमाडौं । अर्बपति शासक शेख मोहम्मद अल मकतुमकी छैठौँ पत्नी हया बिन्त अल हुसैनले सम्बन्ध विच्छेदका लागि लण्डनको हाईकोर्टमा निवेदन दिएकी छिन् । 

११ वर्षीया छोरी जलिला र ७ वर्षीय छोरा जायदलाई लिएर ब्रिटेनमा शरण लिन पुगेकी संयुक्त अरब इमिरेट्स (युएई) की रानी हयाको मुद्दा ब्रिटेनका दुई सबैभन्दा ठुला वकिलले लड्ने छन् । 

null

सम्बन्धविच्छेदको विषयमा सुनुवाई अघि मंगलबार रोयल कार्ट अफ जस्टिसमा राजकुमारी हया पुगेकी थिइन् । त्यहाँ उनले ‘जबर्जस्ती विवाह संरक्षण आदेश’ का लागि निवेदन दिएकी हुन् । 

 

जोर्डनमा जन्मिएकी र ब्रिटेनमा पढेकी ४५ वर्षीया हयाले सन् २००४ मा शेख मोहम्मदसँग विवाह गरेकी थिइन् । उनी जोर्डनका राजा अब्दुल्लाहकी सौतनी बहिनी हुन् । 

दुबईका अर्बपति शासक शेख मोहम्मद अल मकतुमकी छैठौं पत्नी हया श्रीमानलाई छोडेर ब्रिटेनको शरण लिन पुगेकी थिइन् । यतिबेला हया लण्डनको प्रमुख इलाका केनसिंगटन प्यालेस गार्डनमा लगभग १२ सय करोड रुपैयाँ मूल्य पर्ने आवसीय परिसरमा बसिरहेको र हाईकोर्टमा कानूनी लडाईंको तयारीमा जुटिरहेको बताइएको छ । 

उनलाई आफ्नो ज्यानको डर भएको बीबीसीमा उल्लेख छ । 

दुबईमा आफ्नो शानदार र विलासी जीवन छोडेर ३१ मिलियन पाउन्ड ९करिब ३ सय करोड० रुपैयाँ लिएर उनी किन दुबईबाट भागिन् भन्ने रहस्य खुल्न सकेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *