भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान, २ काे मृत्यु

असार २५, काठमाडौं । भोजपुरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच दाहोरो भिडन्त हुँदा २ जनाको मृत्यु भएको छ ।
जिल्लाको सदरमुकामको शनिबारे हटिया लाइनमा बुधबार बिहान सवा ८ बजे विप्लव कार्यकर्ताले गोली प्रहार गर्दा प्रहरी जवान सञ्जीव राई र विप्लव कार्यकर्ता ओखलढुंगाका जिल्ला इन्चार्ज निरकुमार राईको मृत्यु भएको हो ।
null
प्रहरीको जवाफी फायरिङमा विप्लवका कार्यकर्ता मारिएका हुन् । सदरमुकाममा विप्लव कार्यकर्ता हतियारसहित प्रवेश गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले सुरुमा गोली प्रहार गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले उनको साथबाट एक थान चाइनिज पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको जनाएको छ । भोजपुरमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रदेश एकको केन्द्रबाट समेत प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।








