बससँग माइक्रो ठोक्किएर खोलामा खस्दा १२ जना घाइते
२०७६ साउन ६ गते

धादिङ, ६ साउन । सोमबार बिहान पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं १ खयरघारीमा यात्रुबहाक बससँग माइक्रो ठोक्किएर खोलामा खस्दा १२ जना घाइते भएका छन् ।
चितवनबाट काठमाडौं जाँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रोसँग विपरित दिशा तर्फबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
null
बसले माइक्रोलाई ठक्कर दिएपछि माइक्रो महेश खोलामा खसेको छ । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि ट्रमासेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
२०७६ साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित








