‘भारत र चीनकाे बीचमा रहेर पारमाणविक भट्टी सञ्चालन गर्नु गम्भीर र संवेदनशील’

 

असार २३, काठमाडौं । विज्ञहरुले भारत र चीनजस्ता दुई छिमेकी देशको बीचमा रहेर पारमाणविक भट्टी सञ्चालन गर्नु गम्भीर र संवेदनशील कुरा भएको बताएका छन् । 

सोमबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै प्राध्यापक सुरेन्द्रप्रसाद पण्डितले यस्तो बताएका हुन् । 

null

छलफलमा उनले पारमाणविक भट्टी केन्द्र सञ्चालन गर्ने अनुमति निजी क्षेत्रलाई नदिन पनि सरकारलाई सचेत गराए । नेपालले पनि पारमाणविक भट्टी स्थापना गर्नसक्ने तर त्यसका लागि कडा नियमनकारी निकायको व्यवस्था हुनुपर्ने उनको भनाइ छ । 

यस्तै अर्का विज्ञ एवम् चिकित्सक शान्तलाल श्रेष्ठले ठूलाठूला युद्धमा प्रयोग हुने पारमाणविक भट्टी उत्पादन गर्ने अधिकार सरकारमा मात्रै निहीत हुनुपर्ने स्पष्ट पारे । उनले युद्धमा मानव संहार गर्ने त्यस्ता खालका भट्टीहरु दुरुपयोग हुन नदिन सरकारले कडा निगरानी राख्नुपर्ने धारणा राखे । 

रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोगका लागि ल्याइएको विधेयक ठिक भएपनि पारमाणविक भट्टी स्थापना गर्ने सम्बन्धमा विधेयकमा समावेश गरिएको प्रावधान भने उचित नभएको श्रेष्ठको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 12 =