२ सय २० केजी लागु पदार्थ गाँजा सहित एक जना पक्राउ

धादिङ, २७ असार । ईलाका प्रहरी कार्यालय गजुरीले २ सय २० केजी लागु पदार्थ गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । मलेखु चितवन भण्डारा जाने चेपाङमार्गबाट बिहीबार बिहान २ सय २० केजी लागू पदार्थ गाजाको धुलो सहित एक जनालाई पक्राउ गरेको हो ।
गजुरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले चेपाङ मार्गको गजुरी २ डुङेठाटीमा कारोबारीहरुले गाजा किनेर लैजान लागेको सुचना पाए लगत्तै प्रहरीले बाटोमा उभिएर गाडी कुरेर बसेको अवस्थामा बेनिघाट रोराङ १ खामभन्ज्याङ बस्ने ४१ वर्षका काइला भन्ने डिल बहादुर तामाङलाई नियन्त्रणमा लिएको बताए ।प्रहरी निरिक्षक खड्काले ८ वटा बोरा मा २५/२५ केजीका प्लास्टिक प्याकेज बनाएर राखेको अवस्थामा बरामद गरिएको बताए । बरामद लागु पदार्थ सहित तामाङलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पठाएको गजुरी प्रहरीले जनाएको छ । तामाङ यस अघि पनि लागू पदार्थ ओसारपसार मुद्दामा १ बर्ष जेल बसेर छुटेको थिए ।








