प्रधानमन्त्रीको चेतावनीः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारबाही हुन्छ

 

साउन ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउन लागेको भन्दै त्यस कार्यमा संलग्न पदाधिकारीहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् । 

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले मंगलबार राजधानीमा आयोजित प्रतिष्ठानको तेस्रो सभामा बोल्दै कर्मचारीहरुलाई कडा कारवाहीको चेतावनी दिएका हुन् । 

null

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता भएको भन्ने उजुरी बढेपछि सरकारले जेठ ३० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। 

सात दिनभित्र प्रतिवेदन बुझाउनेगरी गठित छानबिन समितिमा स्वास्थ्य मन्त्रालयका लेखा अधिकृत ढुंण्डिराज पौडेल, कानूनका उपसचिव पुष्करराज नेपाल, स्वास्थ्य सेवा विभागका उप स्वास्थ्य प्रशासक डा अर्जुन सापकोटा र मन्त्रालयका उपसचिव बाबुराम खनाल थिए । 

समितिको अध्ययन प्रतिवेदनको हवाला दिंदै प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा संगीता भण्डारीलाई कारबाही गर्न सिफारिस गरिएको बारे समाचार प्रकाशित भएको थियो । 

सो प्रतिष्ठानको गैरजिम्मेवार कामको छानबिन गर्न गठित समितिले आफूलाई नबुझाई प्रतिवेदन सञ्चार माध्यमहरुमा सार्वजनिक गरेकोमा उनको आपत्ति जनाउँदै प्रम ओलीले यसलाई राजनीतिकरणको संज्ञा दिएका हुन् । यस्ता कार्य सह्य नुहुने उनले बताए । 

प्रधानमन्त्री ओलीले सो प्रतिष्ठानलाई तत्काल स्वच्छ र पारदर्शी बनाउन केन्द्रित हुन पनि सम्बन्धित निकायलाई सचेत गराए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *