चितवनमा करिव ३ लाखसहित ११ जुवाडे पक्राउ

चितवन, १५ साउन ।  चितवनको भरतपुरबाट ११ जुवाडेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट २ लाख ९३ हजार ३५० रुपैया समेत बरामद भएको छ । ३ नं प्रदेश प्रहरी कार्यालय, हेटौडाका प्रहरी निरीक्षक चरित्र बिक्रम कार्की र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक विरेन्द्र राज गुरुङको कमाण्डमा खटिएको संयुक्त टोलीले भरतपुर महानगरपालिका १५ मंगलपुर नमुना दराई टोल स्थित शैलेन्द्र श्रेष्ठको डेराको कोठामा जुवा खेल्दै गर्दा पक्राउ गरिएको हो ।जुवा खेल्न प्रयोग गरिएको मोवाईल २ थान, गलैचा १ थान, काठको चौकोस १ थान, कोडा ३१ थानसहित नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम् प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिए । पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका ३ का शैलेन्द्र श्रेष्ठ, भरतपर २० का राजु थापा,गोविन्द श्रेष्ठ, भरतपुर ४ का रविकुमार गुप्ता, भरतपुर १० का पदम लामा, भरतपुर १८ का शालिकराम रेग्मी, भरतपुर १५ का बीर वहादुर लामा, राप्ती नगरपालिका ४ का कृष्ण प्रसाद तिमल्सीना, राप्ती ५ का मन्दिप धरेल, रत्ननगर १३ का कुमार गुरुङ र गैडाकोट नगरपालिका १ वस्ने मनिलाल गौतम रहेका छन् ।यसैबीच जिल्ला प्रहरी कार्यालय चितवनले जवरजस्ती करणीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । भरतपुर ३ वस्ने हरि श्रेष्ठलाई नगरवन क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका श्रेष्ठलाई म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रवक्ता कोईरालाले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *